• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा आगलागी पीडितका घर टहरा बनाउदै विप्लव नेकपाका नेताकार्यकर्ता




हेमन्त प्रकाश वली
जेठ । नेत्रविक्रम सी (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन सुरु गरेको छ । आज बुधबारदेखि नेकपा दाङद्वारा सुरु गरिएको ३ दिनको श्रम शिविरमा २५ जना नेताकार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

श्रम शिविरमा सहभागी नेताकार्यकर्ताहरुलाई निर्देशन दिँदै नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज सविन सीले नेकपाको एउटा मात्रै उद्देश्य निस्वार्थ ढंगले जनताको सेवा गर्नु भएको बताए ।

उनले भने – ‘ जनतालाई जहाँ दु:ख , पीडा हुन्छा त्यहाँ नेपाल कम्युनिस्ट पार्टी पुग्नुपर्छ । जनताको सुख दु:खको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी हो । हामीले राजनीति जनताको सेवा गर्नलाई गरेका हौं , जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य हाम्रो हुनुहुँदैन्।’

हामीले स्टनबाजि गरेका होइनौं , उनले थप भने ,‘ जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो । यो कुनै स्टनबाजी गर्ने कुरा होईन । चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडेजस्तो पनि होईन । हामीले जति गर्न सक्छौं त्यतिमात्रै भनेका हौं । यहाँ श्रम शिविर चलाउने हामीले जिल्लामा निर्णय गरेका हौं । जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको के काम? राजपुरका जनता दुखमा हुँदा हाम्रो पार्टी टुलुटुलु हेरेर बस्ने कुरा भएन , हामीले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेका थियौ र आज श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन आएका हौं ।’

नेता सविनले आगलागी पीडितका जनताको निर्देशन अनुसार पार्टीका नेताकार्यकर्तालाई पुनर्निर्माणका विभिन्न कामकाजमा परिचालन गरिएको बताए ।

नेकपा दाङले दाङका प्रत्येक पालिकाबाट २/३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जनाएको छ भने आजबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट गरि करिव २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जनाइएको छ ।

नेकपा दाङले यसअघि नै राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको छ ।

Facebook Comments