दाङ । दाङमा नेपाल सरकारको स्वास्थ्य सेवा बीमा कार्यक्रमबाट सेवा लिनेहरुको संख्या ह्वात्तै बढेको छ । बीमा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाहरुमा विरामीले सेवा प्राप्त गर्दै आएका छन् । विमा स्वास्थ्य कार्यक्रम लागु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट बितेको ९ महिनामा ३४ हजार बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखि चैतसम्म ३४ हजार ४ सय ४३ जनाले विमावाट सेवा पाएको जानकारी दिनुभयो । उहाँले दैनिक २ सय जनाले विमाबाट सेवा लिइरहेको पनि बताउनुभयो । सर्वसाधारणले स्वास्थ्य विमावाट सेवा प्राप्त गरेपनि सरकारको विमा वोर्डले समयमै विमावाफत अस्पतालले दावि गरेको करोडौ रकम नदिएपछि सेवालाई थप प्रभावकारी बनाउन समस्या सिर्जना भएको छ । ठुलो रकम विमा वोर्डले भुक्तानी नगरेको कारण विमाबाट हुने स्वास्थ्य सेवा वन्द गर्ने अवस्थामा आइपुगेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि ७ करोड ९८ लाख रुपैयाँ विमा वाफतको रकम प्रतिष्ठानमा प्राप्त हुन सकेको छैन् । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विमा कार्यक्रमको करोडौरकम विमा वोर्डवाट भुक्तानि नहुदा प्रतिष्ठानको उपचार सेवामा निकै ठुलो समस्या आइ लागेको बताउनुभयो । पछिल्लो पटक चौतर्फी दवावका वावजुद केही रकम भुक्तानि भएपनि करोडौको ठुलो रकम भुक्तानि नहुदा विमा कार्यक्रमवाट उपचार सेवा दिन गाह्रो हुँदै गएको उहाँले बताउनुभयो ।
विमा वोर्डलाई विमाको रकम भुक्तानी गर्न प्रतिष्ठानवाट फेरीपनि पत्राचार गरेर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । सर्वसाधारणले विमावाट प्राप्त गरीरहेको सेवालाई नटुटाउनका निमित्त विमा वोर्डले समयमै पैसा भुक्तानि गरीदिन पनी रजिष्ट्रार लम्सालले आग्रह गर्नुभयो ।
प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले दिएको जानकारी अनुसार विमा कार्यक्रमवाट साउनमा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले सेवा पाएका छन् । यसैगरेर पुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमावाट सेवा लिएको प्रतिष्ठानकी विमा फोकल पर्सन दुर्गा श्रेष्ठले बताउनुभयो ।
यसैविच विमा कार्यक्रमवाट सेवा लिने विरामीहरुको सेवा लिने दिन नै विमावाफतको रकम दावि हुने भएको छ । विमाकी फोकल पर्सन दुर्गा श्रेष्ठले जेष्ठ १ गतेदेखी आजको आजै विरामीको विमाको रकम दावि गरी सक्नुपर्ने प्राब्धान भएकाले सो अनुसार काम भइरहेको बताउनुभयो ।
‘यसअघि विमावाट ओपिडि सेवा लिन आउने विरामीहरुले एक हप्तासम्म आफ्ना कागजात बुझाउन सक्ने प्रावधान थियो, अहिले चाही विरामिले ओपिडि सेवा लिएको दिन नै विमाको रकम दावि गर्ने भएकाले आफ्ना कागजात पनि सोही दिन नै विमा काउन्टरमा बुझाउनु पर्ने हुन्छ–फोकल पर्सन श्रेष्ठले भन्नुभयो–‘विमावाट इमरजेन्सिमा उपचार गर्न आएका विरामीको हकमा विरामी जतिवेला डिष्चार्ज हुन्छ, त्यतिवेला नै कागजात पेश गरेपछि विरामीको विमा रकम दावि गरीन्छ ।’ उहाँले विमावाट अप्रेसन गर्न आउने विरामीहरुको हकमा ओपिडि कार्डमा लेखीएको सम्पर्क मितिमा अनिवार्यरुपमा अस्पतालको विमा काउन्टरमा आई विशेषज्ञ चिकित्सक समक्ष जानु पर्ने र विरामी डिष्चार्ज हुने वेला विमाको सम्पुर्ण आवश्यक कागजात बुझाउनुपर्ने बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
