• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा हाडबासका अग्निपीडितलाई एक लाख बढीको राहत सामग्री प्रदान




तुल बहादुर कवँर मगर 
देउखुरी । दाङको राप्ती गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई बिहीबार राहत सामग्री प्रदान गरेको छ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी गाउँपालिकाकी उपाध्यक्ष धनपती यदव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीकाे राेहबरमा पिडीतहरुलाई प्रदान गरेको हाे।

राहात सामग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ,कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुग्नु भएको थियो ।

यसैबीच गढवा गाउँपालिकाले पनि साेही मुल्य बराबरको जस्तापाता प्रदान गरेको छ। उक्त गाउँमा गत वैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएकाे थियो ।

Facebook Comments