तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि शनिबार उत्प्रेरणामूलक कार्यशाला सम्पन्न भएको छ।
गाउँपालिकाले विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका संयाेजकहरुलाई सहभागी गराई कार्यशाला सम्पन्न गरेको हाे।
साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि ठुलो लगानी गरिरहेको बताउदै उक्त कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
आगामी दुई वर्षभित्रमा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गरेर देखाउन विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आग्रह गर्दै अध्यक्ष विष्टले उत्कृष्ट विद्यालय र शिक्षकहरुलाई पालिकाले सम्मान समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,पूर्व उपाध्यक्ष जगदम्बा कुमारी चाैधरी ,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली,सामाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष विद्याशरण चाैधरी, गाउँ शिक्षा समितिका सदस्यहरु लगायत सामुदायिक विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका संयाेजकहरुकाे सहभागीता रहेको कार्यशालाकाे प्रशिक्षकमा बृहत् राष्ट्रिय शिक्षा अभियानका संयाेजक अभिषेक घिमिरे रहनु थियोे ।
प्रशिक्षक घिमिरे सहभागीहरुलाई सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय सरकार ,विद्यालय,शिक्षक, विद्यार्थी,अभिभावक र सराेकारवाला व्यक्तिहरुले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउनु भएको थियोे।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
