• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेका दाङ-१ को क्षेत्रीय सम्मेलनमा डा.शशांक कोइराला आउने




दाङ – नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री तथा विपिपुत्र डा.शशांक कोइराला दाङ आउन लाग्नु भएको छ ।

नेपाली काङ्ग्रेस दाङ -१ को दोस्रो क्षेत्रीय सम्मेलन यहि चैत्र २४ गते हुँदै छ । सो सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।

नेपाली काङ्ग्रेसले वार्षिक कार्ययोजना अनुसार प्रत्येक वर्ष क्षेत्रीय सम्मेलन गर्दै आएको छ । वार्षिक कार्ययोजना अनुसारको कार्यक्रमको आयोजना गरिएको छ, सोही कार्यक्रमको प्रमुख अतिथी भएर निवर्तमान महामन्त्री डा. कोइराला दाङको लमहीमा आउँदै हुनुहुन्छ”- नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक संघसंस्था, भातृ संघसंगठन लगाएत शुभेच्छुकलाई उपस्थितिको लागि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले अनुरोध गरेको छ ।

Facebook Comments