टेकबहादुर पुन
देउखुरी । नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काङ्ग्रेसलाई समस्या परे देशको व्यवस्थामा खतरा हुने बताएका छन ।
हालसम्म देशको परिबर्तनका लागि आएको ब्यबस्था काङ्ग्रेसकै कारण आएको त्यो ब्यबस्था नरहे देशनै खतरामा जाने सङ्केत गरे ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनमा सभापति पुनले यस्तो बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनले हालसम्म देशमा भएका परिवर्तन र विकास नेपाली काङ्ग्रेसका कारणले भएको जिकिर गरे । सत्ताका लागि अन्य दलसँग गठबन्धन गरिरहनु भन्दा पनि काङ्ग्रेस भित्रै गठबन्धन गरिनुपर्ने आवश्यकता रहेको उनले बताए । “सत्ताका लागि किन गठबन्धन गर्नु, काङ्ग्रेस त्यसैपनि ठूलो दल हो सभापती पुनले भने-अन्य दलसँग भन्दा पनि काङ्ग्रेसभित्रै गठबन्धन गर्न जरुरी छ, हामी मिलौ अनि हेरौँ, कसरी ठूलो दल हुदैनौँ ।”
सकारात्मक सोचसँगै आफैमा को ठूलो भन्दा पनि के गर्ने भन्ने बिषयमा बढि जिम्मेवार बन्दै टोलटोलबाट विशेष छलफल गरी निष्कर्षमा जानुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले सम्मान आफै खोज्ने र पदलाई स्विकार्न नसक्दा काङ्ग्रेसमा बिचलन आएको बताईन । कार्यक्रमकि विशिष्ट अतिथि समेत रहेकी बिकले काम भएन मात्रै भन्ने हामीले समन्वय पनि गर्न सक्नुपर्ने र गरेका कामको खुलेर प्रचार गर्नुपर्ने बताईन ।
‘हामीले काम भएन मात्रै भन्छौ, त्यसको लागि समन्वय हुनुपर्यो नि सांसद बिकले भनिन्,`जनप्रतिनिधीलाई ब्यक्तिको रुपमा हेरिदा आगोमा घ्यु थपिएको छ ।’
धेरै कामग र्ने हुटहुटी आफूमा रहेको बताउँदै उनले समन्वय गरी काम गर्नुपर्ने धारणा राखिन ।
प्रदेश सभा ख का सदस्य कुमार घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगरपालिका-८ का वडा सभापति यादब नाथ योगी, घोराही-३ का सभापति शरद बुढाथोकी, लमही नगर सभापति सन्तोष बुढाथोकी, महासमिति प्रतिनिधि तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देबी यादब, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, महासमिती सदस्यहरु गिरिजादेबी न्यौपाने, कर्ण बहादुर बुढाथोकी, नेपाली काङ्ग्रेस दाङ जिल्ला सचिब अर्जुन योगी लगायतले नेताहरु बस्तीबस्तीमा उपस्थित भएर सँगठन बिस्तार गर्दै काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापती दिनेश गिरीको सभापतित्वमा भएको कार्यक्रममा वार्षिक प्रगती प्रतिबेदन सचिब लालबिर सचिब लालबिर खड्का तथा आर्थिक प्रतिबेदन प्रदेश प्रतिनिधि बिना न्यौपानेले प्रस्तुत गरेकी थिईन । प्रदेश सभा समितिका सदस्य हल्लुप्रसाद चौधरीले धन्यबाद ज्ञापन गरेका थिए भने सञ्चालन सचिव लालबिर खड्काले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
