काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ ।
कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
