• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ दुर्घटना : यी हुन् २४ जना घाइते(नामावलीसहित)




घोराही । दाङको देउखुरीमा दुईवटा यात्रुबहाक बस एकआपसमा ठोकिँदा २४ जना घाइते भएका छन् । बुटवलबाट बर्दिया आउदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका–३ बनगाउँमा एकआपसमा ठोकिँएका थिए ।

दुर्घटनामा परी घाइते हुनेमा घोराही उपमहानगरपालिका– १५ निवासी वर्ष ५० का विनोद पौडेल, राप्ती गाउँपालिका–१ निवासी ८२ वर्षिय हुम बहादुर राना, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा, सोहि ठाउँ निवासी वर्ष ४७ का घनश्याम थापा, जिल्ला रुपन्देही देवदह नगरपालिका– ४ निवासी वर्ष ६३ का रुद्र प्रसाद पौडेल, जिल्ला रुपन्देही सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ निवासी सृष्टी खनाल, सोहि ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी वर्ष ३१ का दीपेन्द्र बुढा मगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु जिल्ला इमिलिया निवासी वर्ष ३४ की टिका विक, सोहि ठाउँ निवासी वर्ष ९ का निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट, गढवा गाउँपालिका– २ पचाहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लमही नगरपालिका–६ कहिरी निवासी ४० वर्षीय गोविन्द पाण्डे र भुरी गाउँ बर्दियाका डेढ वर्षिया गृष्मा थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बसको पट्टा भाचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बससँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

Facebook Comments