दाङ । दाङको देउखुरीमा दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
लमही नगरपालिका -३ वनगाउँमा बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एकआपसमा ठोक्किँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुबै बसमा सवार यात्रुहरु घाइते भएको प्रहरीले जनाएको हो । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
