• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बागलुङमा बस दुर्घटना : ७ जनाको मृत्यु




बागलुङ । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। उनले दुर्घटनामा २०/२५ जना घाइते रहेको बताए। घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए। घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन। साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ।

 

Facebook Comments