• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा ७ हजार भन्दा बढि बालबालिकाले लगाए दादुरा-रुबेला खोप




श्रवण कुमार यादव
राजपुर। दाङको राजपुरमा अहिले सम्म करिब ७ हजार भन्दा बढि बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन्।

सरकारले यही फागुन १३ देखि सञ्चालन गरेको दादुरा रुबेला खोप अभियानमा राजपुरका ७ हजार ४ सय ४३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय राजपुरका स्वास्थ्य अधिकृत कमल प्रसाद रोकायले जानकारी दिए।

जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप अभियानमा सहभागी गराउन ३७ जना स्वास्थ्यकर्मी र ७४ जना स्वयंसेवक परिचालन भएका थिए।

उहाँका अनुसार खोप लगाउन छुटेका बालबालिकाहरुका लागी चैत्र ७ गते सम्म नजिकको स्वास्थ्य संस्था वा राजपुर स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध हुने छ । खोप अभियान फागुन १३ गतेदेखि सुरु भएको थियो ।

दादुरा रुवेलाको संक्रमणलाई न्यूनीकरण गर्न राजपुरमा तीन सय ३७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरी सोहीअनुसार अभियान सञ्चालन भएको थियो। खोप अभियानमा खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाएर दादुरा रुबेलाबाट बच्न स्वास्थ्य कार्यालयले प्रचार–प्रसारसहित अनुरोध गरेर खोप अभियान सफल बनाएको रोकायले जानकारी दिए।

Facebook Comments