• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डा. महावीर पुनद्वारा गुरुकुलका विद्यार्थीले बनाएको जीपको उद्घाटन




घोराही । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बनाएको जीपको मोडल बैज्ञानिक तथा डा.महाविर पुनले उद्घाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्री गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहनुभएको बैज्ञानिक तथा डा. महावीर पुन उद्घाटन गर्नुभएको हो ।

सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक  औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा उद्घाटन गर्नुभएको हो । गुरुकुल एकेडेमी घोराहीका अतिरीक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थीहरु दिपेश वली, सफल भण्डारी, एलन बिके , आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडि निर्माण गर्नुभएको हो ।

यो गाडि करीव १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकाकरी दिनुभयो । यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवशर पाउने पनि उहाँले बताउनुभयो । हिरो कम्पनिको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडिमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरीएको छ । गुरुकुल एकेडेमीको रेक्टा बिधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडि निर्माण गरीएको हो ।

गाडिको उद्धघाटन डा. पुनलाई सवारी गराएर गरीएको हो ।  २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागंजमा विद्युतिय चार पांग्रे गाडि बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो तसर्थ अहिले विद्यार्थीहरुलाई इन्धनवाला गाडि बनाउन मोटिभेस्नल स्वरुप यो गाडिको निर्माण गरीएको हो ।आफुसँगै भएको बिभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडिको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताउनुभयो ।

यो गाडि निर्माण सम्पन्न गर्नको लागि विद्यालयका  शिक्षक  ई.सन्तोष कसौधन ,विज्ञान शिक्षक भवन आचार्य , कर्मचारी शंकर चौधरीले पनि सहयोग गर्नुभएको छ । साथै डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उँहाको ४० प्रति पुस्तक समेत खरीद गरेको छ । गुरुकुल तुलसीपुरले २० र घोराहीले २० प्रति पुस्तक खरीद गरेको छ भने गुरुकुल एकेडेमी लमहीले पनि खरीद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विबेक देवकोटाले जानकारी दिनुभयो ।

Facebook Comments