दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलले आज बुधबार संसद सचिवालयलाई पत्र लेखेर सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।
बैशाख १४ गते डिल्लीबहादुर चाैधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रलगायत ८ राजनीतिक दलकाे समर्थनमा सरकार बनेकाे थियाे ।
केन्द्रीय राजनीतिमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माओवदी लगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
