• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जिल्लास्तरीय हस्तलेखन प्रतियोगितामा भिएन स्कूलकी छात्रा सुप्रिया प्रथम




घोराही ।  जिल्लास्तरीय हस्तलेखन प्रतियोगितामा भिएन स्कूल एण्ड कलेजकी छात्रा सुप्रिया चौधरी प्रथम भएकी छन् । जामिनी एजुकेशन  ट्रेनिङ  एण्ड रिसर्च सेन्टर तुलसीपुर दाङले आयोजनामा आइतबार  घोराहीमा सम्पन्न भएको उक्त प्रतियोगितामा भिएन स्कूलमा कक्षा   ७ मा अध्ययनरत छात्रा सुप्रिया चौधरी जुनियर तर्फबाट प्रथम स्थान हात पार्न सफल भएकी हुन् ।विद्यालयले प्रतियोगितामा  विजेता हुने सुप्रिया चौधरीलाई सोमबार बिहान एक कार्यक्रमकाबीच  सम्मान गरेको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको विशेष उपस्थिति तथा  विद्यालयका डाइरेक्टर वसन्तप्रसाद रिजाल, प्रअ द्रोण खड्का, प्लसटु संयोजक केशवराज गौतम, शेयरसदस्य सीताराम केसी, अभिभावक हुर्मत चौधरी र सम्पूर्ण शिक्षकहरुको सहभागितामा विजेता चौधरीलाई सम्मान गरिएको हो ।

विद्यालयले विजेता सुप्रिया चौधरीलाई  ट्रफी, मेडल, नगद र प्रमाणपत्र प्रदान गरेको हो । त्यसैगरी प्रतियोगिताको प्रतिस्पर्धाको तेस्रो चरणसम्म पुगेकी  कक्षा ९ मा अध्ययनरत  छात्रा प्रतीक्षा सुनारलाई विद्यालयले सान्त्वना   स्वरुप लव अफ टोकन र एक हजार नगदले सम्मान गरेको थियो ।

विद्यालयका प्रीन्सीपल द्रोण खड्काले सम्मान कार्यक्रममा बोल्दै प्रतियोगितामा प्रथम स्थाल हासिल गर्न सफल भएकी सुप्रिया चौधरीलाई कक्षा १० सम्म पूर्ण  छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए । उनले यो स्थान ल्याउने विशेष भूमिका निर्वाह गर्ने विद्यालयकी कोर्डिनेटर शान्तिदेवि हमाललाई धन्यवाद तथा आभार प्रकट गर्दै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । अबका दिनमा विद्यालयले पठनपाठन सँगसँगै अन्य विधामा उत्कृष्टता हासिल गर्ने समेत प्रअ खड्काले प्रतिवद्द्ता जनाए ।

हस्तलेखन प्रतियोगिताको प्रतिस्पर्धा तीन चरणमा भएको थियो । जसमा पहिलो चरणको प्रतिस्पर्धा  भिएन स्कूल, दोस्रो चरणको प्रतिस्पर्धा मावी रझेना र तेस्रो अर्थात् अन्तिम चरणको प्रतिस्पर्धा दीपशिखा आवासीय माविमा भएको थियो । जिल्लास्तरीय हस्तलेखन प्रतियोगितामा १ सय ५ विद्यालयका ६ हजार  विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता सुप्रिया चौधरीले आयोजक संस्थाबाट नगद दश हजार, मेडल र सर्टिफिकेट पाएकी थिइन् भने विद्यालयले ट्रफी र सर्टिफिकेट पाएको थियो ।

घोराही- १५ डिके पेट्रोल पम्प नजिकै रहेको भिएन स्कूल एण्ड कलेज नयाँ टिम र नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छोटो समयमै अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइमा पर्न थालेको छ । विद्यालयले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै हरेक शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्दै आइरहेको छ । विद्यालयमा प्लेग्रुपदेखि १२ कक्षासम्मको पठनपाठन सञ्चालन रहेको छ ।

 

 

Facebook Comments