• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेस बंगलाचुली -४ को दोस्रो वडा सम्मेलन




दाङ। नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका-४ ले समुदायमा कांग्रेस तथा दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा बोल्ने बक्ताहरुले जनतासंग सम्बन्धि समस्याहरु उठाउदै समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए । त्यसका लागि नेतादेखी कार्यकर्ताहरु लाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस बङ्गलाचुली-४ का वडा सभापति शिवराज परियारको अध्यक्षता तथा महासमिति सदस्य भोजराज पाण्डेयकाे प्रमुख अातिथ्ता एवं महाधिवेशन प्रतिनिधि तेजबहादुर बिकको बिशिस्ट अतिथ्यतामा भएको कार्यकममा कांग्रेस जिल्ला सदस्य भोला अधिकारी, क्षेत्रीय सदस्य मधु अधिकारी,कांग्रेस प्रदेश २ (क) का कोषाध्यक्ष नारायण भण्डारी, प्रदेशसभा सदस्य बमबहादुर खड्का, नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी,बङ्गलाचुली वडा न ४ का वडा अध्यक्ष डासबहादुर डागीलगायत बोलेका थिए।

सम्मेलनमा आर्थिक प्रतिदेवन सचिव चित्रकान्त पुलामी र वार्षिक तथा साङ्गाठनिक प्रतिदेवन उपसभापति बिक्रम डागीले गरेका थिए । उपसभापति बिक्रम डागीको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको संचालन सचिव चित्रकान्त पुलामी गरेका थिए । सम्मेलनमा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा क्रियाशिल सदस्यीयलाई सम्मान गरिएको थियोे ।

Facebook Comments