राेल्पा । रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको माडी गाउँपालिका – १ जयलखसेका भिमबहादुर बुढाले आफ्नै श्रीमती मनकुमारी बुढालाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
शुक्रबार दिउँसो ३ बजेको समयमा माडी गाउँपालिका वडा न. १ जयलखसेका ३२ बर्षिय भिमबहादुर बुढाले माधक पदार्थ सेवन गरी आफ्नै २८ बर्षिय श्रीमती मनकुमारी बुढाको धारिलो हतियार (चक्कु जस्तो देखिने) घाँटीमा प्रहार गरी घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मनकुमारी बुढा र भिमबहादुर बुढाका १२ बर्षका छोरा, ५ बर्षका छोरी रहेका छन् । प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरिक्षक कृष्ण सोनीको कमाण्डमा भिमबहादुर बुढालाई नियन्त्रणमा लिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
