• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी तुलसीपुरद्वारा त्रिशिद्धेश्वरी मन्दिर परिसर सरसफाइ




तुलसीपुर । गुरुकुरुल एकेडेमी तुलसीपुरले त्रिशिद्धेश्वरी मन्दिर परिसर सरसफाइ गरेको छ । गुरुकुरु एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरिएको हो । समुदायसँग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको हो ।

धार्मिक स्थल जहाँ बृद्ध लदेखि बालबालिकासम्म जाने ठाँउलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्धेश्यले मन्दिर परीसर सरसफाई गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसि बाल अस्पतालका बाल रोग बिशेषज्ञ डा. किशोर खत्रिले सरसफाइका कारण मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने हुन्छ, त्यसैले यो महान कार्य गुरुकुल एकेडेमीले गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । साथै उँहापनि सरसफाई कार्यमा सहभागि हुनुभएको थियो ।

समाज सेवा सहित चिकित्सक पेशामा आवद्ध खत्रिले स्वास्थ्य ,शिक्षा लगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आउनुभएको छ । गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाईमा भएको कार्यक्रमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धिताल , डां किशोर खत्रि सहितका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

गुरुकुल एकेडेमीको महान कार्यमा जोडिने सम्पुर्ण ब्यक्तिहरुलाई विद्यालयले धन्यबाद समेत प्रदान गरेको छ । गुरुकुल एकेडेमीको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाजका हरेक क्षेत्रमा जोडिदै आएको छ ।

Facebook Comments