• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्येष्ठ नागरिकलाई फलफुल वितरण तथा स्वास्थ्य जाच गरेर जन्मोत्सव




घोराही ।समाज सेवासँग जोडेर विभिन्न उत्सवहरु मनाउन युवा पुस्ता पनि आक्रषित देखिन थालेका छन् । जेठ २ गते आफ्नो जन्मदिनका अवसरमा  विद्यार्थि विशाल पुन मगरले घोराही १६ को तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा फलफुल वितरण तथा  स्वाथ्य जाच कार्यक्रम सम्पन्न गरेर मनाउनुभएको छ ।

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सल्यानका पुन मगरले सामाजिक उत्तरदायित्व अन्तरगत ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण तथा स्वास्थ्य जाच कार्यक्रम गरेर आफ्नो जन्मदिन मनाएको बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी सल्यानका संयोजक तथा महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु पुर्व संयोजक पुनले यसरी जन्मदिन मनाउदा ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरु खुशी देखिएका थिए । सञ्जीवनी आयोर्वेदका डा. विज्ञान ढकालले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जाच गर्नुभएको थियो ।

जन्मोत्सव कार्यक्रममा नेकपा एमाले दाङको जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, अनेरास्ववियु जिल्ला सचिव लक्षमण गिरी, प्रेस चौतारी नेपाल दाङका सह-सचिव चन्द्रप्रकाश नेपाली, महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु सचिव मदन गौतम, रुटिन अफ घोराहीका शुसन ध्वज क्षेत्रीलगाएत विद्यार्थिको सहभागिता रहेको थियो ॥

Facebook Comments