• २५ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरी बजारको अतिक्रमित जग्गाको नापजाँच कार्य सुरु




हाेलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले हाेलेरी बजारमा सार्बजनिक  मन्दिर, विद्यालय तथा सामुदायिक वनको जग्गा नापजाँच गरी रेखाङ्कन गर्ने कार्य सुरू गरेको छ । पालिकाले शुक्रबारदेखि बजारमा भएको अतिक्रमित जग्गाको नापजाँच गरी रेखाङ्कन गर्ने कार्य सुरु गरेको हो ।

रुन्टीगढीको प्रमुख केन्द्रको रुपमा रहेको होलेरी बजारको जग्गा बर्षाैदेखि विवादित बन्दै आएकाे भएपनि अतिक्रमित जग्गामा बनेका संरचनाहरु हटाउनका लागि प्रारम्भिक कार्य समेत अगाडि बढ्न नसक्दा सो विषयमा स्थानीय सरकार समेत पटक-पटक आलाेचित बन्दै आइरहेकाे थियाे ।

यसअघि हाेलेरी बजार ब्यबस्थापन समितिकाे आह्वानमा मिति २०८० पाैष २६ गते बसेकाे सर्बदलिय/सर्बपक्षीय बैठक बसेकाे थियाे ।

उक्त बैठकमा अतिक्रमित भएकाे भनिएकाे देवी भगवती मन्दिरकाे जग्गा  कहाँसम्म पर्छ भनेर रेखांकन गरि एकिन गर्ने निर्णय भएकाे थियाे ।

माघ १५  मा रेखांकन गर्ने  भनिएकाे  कार्य विविध कारण बस  माघ २५ गते बिहिबार सर्बदलिय/सर्बपक्षीय बैठक बसी नापजाँच गरि रेखाङकन गर्ने कार्य अगाडी बढाएकाे  छ। एकिन कार्य सम्पन्न भएपछि अर्काे चरणमा जाने रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभएकाे छ ।

 

Facebook Comments