आलोक भावुक
गढवा ।दाङ देउखुरी गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन शुरु भएको छ । आइतबारदेखि गाउँपालिकाको सभाहलमा १४औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो।
गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउं सभाको पहिलो बैठकमा बिध्येक समितिका संयोजक लेख बहादुर थापा दुई वटा विध्येक प्रस्तुत गर्नु भएको थियो। आर्थिक रुपले विपन्न, सिमान्तकृत, विपन्न दलित, अशक्त तथा लोपोन्मुख नागरिकहरुलाई सामाजिक न्यायका सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक सामाजिक न्याय सम्बन्धी – २०८० र गढवा गाउँपालिकाको कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसाय संरक्षण, प्रवर्द्धन, आधुनिकीकरण तथा व्यवस्थापन गर्न बनेको विध्येक स्थानीय कृषि तथा पशुपंक्षी – २०८० प्रस्तुत गर्नु भएको थियो।
त्यसैगरी लेखा समिति संयोजक आशाराम चौधरीले लेखासमितिको प्रतिबेदनमा मालेपले औल्याएको बेरुजु रकमको बिरेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
उक्त दुबै विधेयकमा अर्को गाउँ सभाको बैठमा सदस्यहरुले राय सुझाव तथा संशोधनसम्बन्धी प्रस्ताव पेश गर्न सक्ने बताईएको छ ।
गढवा गाउँपालिका गाउँ सभाको १४औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरू लगायतकाको उपस्थिति रहेको थियो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।