घोराही । घोराही – १७ मा रहेको निर्णय पुर्नस्थापना केन्द्रले वडा नम्बर ११ मा लागुऔषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर ११ को सहयोग तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा निर्णय पुर्नस्थापना केन्द्रले समुदायमा सेचतासँगै दुव्र्यसन नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको हो ।
११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपमेयर हुमाकुमारी डिसीको प्रमुख आतिथ्य एवं दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको बिशिष्ट आतिथ्यमा आयोजित कार्यक्रमका प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी र निर्णय पुर्णस्थापना केन्द्रका उपाध्यक्ष तथा परामर्शकर्ता बिष्णु वलीले लागू औषधदुब्र्यसन र यसले व्यक्ति, परिवार, समाजमा पार्ने असरका बारेमा सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर डिसीले समाजमा चुनौतिको विषय बन्दै गएको लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर आफुहरुले काम गर्दै आएको बताउनुभएको थियो ।
सो अबसरमा लागुऔषधमा मानिसहरु कसरी फस्छन, फस्नुका कारण, यसका असरहरुको बारेमा र यसको रोकथाम एवं लागुऔषध नियन्त्रित टोल समाज कसरी निर्माण गर्ने भन्ने बारे प्रशिक्षकहरुले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण निर्णय पुर्णस्थापना केन्द्रका उपाध्यक्ष वलीले गर्नभएको थियो ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
