• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नि:शुल्क पशु स्वास्थ्य शिविरमा, १ हजार बढी पशुलाई औषधी वितरण




कमल खड्का
रोल्पा । रोल्पामा नि:शुल्क पशु स्वास्थ्य सम्बन्धी एकदिने शिविर मङगलबार सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लिवाङ रोल्पाको आयोजनामा रुन्टीगढी गाउँपालिका वडा नं. १ लिवाङ्गी आप रोल्पामा सम्पन्न भएको हो ।

उक्त शिबिरमा १ सय २० घर धुरीका किसानका १ हजार बढी पशु चौपायलाई चेक जाँच गरि नि:शुल्क औषधी वितरण गरिएको छ । त्यसैगरि किसानहरुलाई औषधी प्रयोग गर्ने बिधी, उपचार पद्धती, प्राबिधीक सल्लाह तथा परामर्श, रोग नियन्त्रणका उपाय सम्बन्धी जानकारी समेत दिएको छ ।

रुन्टीगढी गाउँपालिका पशु सेवा शाखा प्रमुख श्याममणि वि.क को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लिवाङ रोल्पाका कार्यालय प्रमुख डा. शङकर न्यौपानेले गर्नु भएको थियो ।

रुन्टीगढी गाउँपालिका वडा न. १ का अध्यक्ष थम बहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका अधिकृत गिर बहादुर घर्तीमगरले गर्नु भएको हो ।

Facebook Comments