घोराही । अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज घोराही दाङले सहिदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संगठनले मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरी सहिद दिवसको अबसरमा ज्ञात तथा अज्ञात सहिदलाई सम्झनामा मौन धारणसहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे हो ।
इकाई समिती अध्यक्ष इ. लोकेन्द्र डाँगीको अध्यक्षता एवं अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी संगठन दाङका सचिब डा. भिमसेन गिरी र अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य इ. गोबिन्द मल्लको विशिष्ट आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।
कार्यक्रमको सहजीकरण रोहित पहाडीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
