• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार




रुकुमपूर्व । रुकुमपूर्वमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आज मंगलबार सिस्ने गाउँपालिका वडा नम्बर ६ की २८ वर्षकी सरस्वती डाँगी विष्टको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

२८ वर्षीय सरस्वती सुत्केरी हुन हिजो १५ गते सोमबार रुकुम पूर्व अस्पतालमा जानुभएको थियो । उहाँको अप्रेसन गरेर बच्चा निकालिएको थियो । औषाधी खुवाउदा पनि उहाँको पाठेघर ३ घर भन्दा धेरै नखुलेपछी अप्रेसन गरेर बच्चा निकालिएकाे थियो ।

बच्चा निकालिसकेपछि पनि सालनाल नझरेपछी र रक्तस्राव पनि धेरै भएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताउनुभयो ।

सालनाल पाठेघरलाई छेडेर जोडिएको अवस्थामा रहेको र यस्तो अवस्थामा पाठेघर नै निकाल्नुपर्ने भएको कारण अस्पतालमा यसको लागि आवश्यक स्रोत साधन नहुँदा रिफर गर्नुपरेको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले बताउनुभएको छ । बच्चा भने स्वस्थ जन्मिएको अस्पतालले जनाएको छ ।

Facebook Comments