• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा भूमि समस्या सम्बन्धी एकदिने कार्यशाला




घाेराही । नेकपा माओवादी केन्द्र दाङकाे आयाेजनामा भूमि समस्या सम्वन्धी एकदिने कार्यशाला शनिबार घाेराहीमा सम्पन्न भएको छ । पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यकाे अध्यक्षता र प्रतिनिधि सभा सदस्य नारायणी शर्माकाे प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बाेल्दै प्रतिनिधि सभा सदस्य नारायणी शर्माले भुमि सम्बन्धि समस्या एउटा आयाेगकाे मात्रै बिषय नभएर सरकार र सदनकाे बिषय रहेकाे बताउनुभयो । अहिलेसम्म भुमिकाे बिषय राजनीतिक नारा मात्रै दलहरूले बनाएकोले अब वास्तविक रुपमा माओवादी पार्टीले एजेन्डा बनाएर अगाडि बढाउनुपर्नेमा उहाले जाेड दिनुभयाे ।

कुनै बिषय आयाेगकाे भन्दा माथिको बिषय भएकोले सरकार र सदनले गर्नुपर्ने बिषय रहेकोले आफुले सदनमा बहस र समाधानको लागि उठाउने पनि शर्माले बताउनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले राजनीतिक प्रतिशाेधका कारणले पनि भुमि समस्या हल हुन नसकेको बताउनुभयो ।

स्थानीय सरकार गम्भीरतापूर्वक लागेकाे बताउदै उहाँले भुमि सम्वन्धि ऎन कानुनले समेत अप्ठ्यारो पारेको बताउनुभयाे । कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले भुमि समस्या हल गर्न अान्दाेलन र दबाब सिर्जना अाबश्यक रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय भुमि अायाेग दाङका अध्यक्ष लेखराज सिहले हलमा उठेको प्रश्नकाे जवाफ दिदै अायाेगकाे कार्यविधि अनुसार काम अगाडि बढेको बताउनुभयो । अहिले सक्रिय पालिकाहरुमा जग्गा नापजाँचकाे कार्य अगाडि बढिरहेको बताउदै उहाँले विभिन्न समस्याहरुका बीच अायाेग अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा आयाेगका विज्ञ सदस्य लक्ष्मी चाैधरीले आयाेगले गरिरहेका बिषयमा प्रशिक्षक प्रशिक्षण दिनुभएको थियाे ।

Facebook Comments