• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीको नगर अध्यक्षमा महतारा




नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी चौरजहारी नगरपालिकाको नगर सम्मेलन सम्पन्न भएको छ । संगठनको चौथो सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत नबिन्द्र महतारा निर्वाचित भएका छन् ।

जसको उपाध्यक्ष रोशन ढकाल र सपना बिक रहेका छन् भने सचीव विरेन्द्र केसी, सह सचिव , प्रतिमा राना र सृजना रोका निर्वाचित भएका छन् । भविन्द्र नेपाली काेषाध्यक्ष रहेको नगर समिति २९ सदस्यीय छ ।
नगर सम्मेलनको उद्घाटन सत्रमा निवर्तमान नगर अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता रहेको थियो भने नेकपा (माओवादी केन्द्र) चौरजहारीका ईन्चार्ज बिरेन्द्र बिएमको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मेलनमा संगठनका जिल्ला निराजन केसी , पुर्व जिल्ला अध्यक्ष नारायण केसी , पार्टीका नगर इन्चार्ज बिरेन्द्र बिएम , नगर अध्यक्ष सुदास स्वर्णकार , उपाध्यक्ष खुमबहादुर खड्का , सचिव एलबि कटुवाल लगायतको आथित्यता रहेको थियो । सम्मेलन आजै वडा २ को पुर्ण शान्त स्मृति भवनमा उद्घाटन गरिएको हो ।

वैज्ञानिक , व्यवहारिक , गुणस्तरीय र निशुल्क शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन , सुदृढ र क्रियासिल संगठन निर्माणको लागि चौरजहारीको चौथो नगर सम्मेलन भन्ने मुल नाराका साथ सुरु भएको सम्मेलनको अध्यक्षता संगठनका निवर्तमान प्रकाश डाँगीले गरेका थिए ।

Facebook Comments