रुकुमपूर्व । चिसो सुरु भएसँगै भूमे गाउँपालिका वडा नम्बर ५ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई फाइबर सिरक वितरण गरिएको छ । जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत फाइबर सरिक वितरण गरिएको हो ।
वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ को २ लाख ९० हजार बजेटबाट चिसो समयलाई बुझ्दै वडा भित्रका जना १ सय २० जेष्ठ नागरिकलाई सिरक प्रदान गरेको हो। वडा कार्यालयले एक जना जेष्ठ नागरिकलाई २ हजार २ सय बराबरको फाइबर चिसो मौसममा न्यानो सिरक वितरण गरेपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन्।
बिहीबार एक कार्यक्रमको आयोजना गरि वडाले अपांग तथा जेष्ठनागरिकहरुलाई सम्मान स्वरुप वितरण कार्यक्रम ५ नम्बरका वडा अध्यक्ष टेक प्रसाद बुढाको अध्यक्षतामा गरेको हो । उक्त वितरण कार्यक्रममा वडाका वडा सदस्यहरु, कर्मचारी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडा सचिव भिम प्रसाद नेपालीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

