• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सात हजार घुस सहित बन अधिकृत पार्दे अख्तियारको नियन्त्रणमा




बाँके । बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे लाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ । काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

घुस सहित उनीसँग श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपियाँ समेत गरी जम्मा ५२ हजार नौ सय ७५ रुपियाँ सहित पक्राउ गरिएको हो । उनलाई थप कारबाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments