• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उवासंघद्वारा मन्त्री थापालाई स्वागत तथा सम्मान




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आज बिहीबार एक कार्यक्रम गरि लुम्बिनी प्रदेशका उद्योेग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा)लाई स्वागत तथा सम्मान गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले स्वागत गर्दै उद्योग व्यवसायको अवस्था त एकदमै नाजुक छ व्यापार व्यवसाय चलायमान छैन् अहिले करिब ४० प्रतिशत मात्रै व्यापार भइरहेको छ भन्ने ६० प्रतिशत व्यापार घटेको अवस्था छ यो अवस्थामा व्यवसायीहरुलाई ऋणको कर्जा र ब्याज तिर्नका लागि निकै समस्या भइरहेको छ । कोभिड र त्यस पछिको आर्थिक मन्दी अहिले तरलता अभावका कारण धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । त्यस कारण आर्थिक अवस्था चलायमान बनाउनका लागि सरकारले नै पहल गर्नु समेत बताए । साथै अध्यक्ष जोशी घोराहीमा पनि यातायात कार्यालय स्थापन गर्न यातायात मन्त्री थापालाई आग्रह गर्नु भएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका यातायात मन्त्री थापाले आफुले नियम र निति भित्र रहेर जस्तो सुकै काम गर्न तयार रहेको भन्दै घोराहीमा यातायात कार्यालयको स्थापन गर्न आफु सकारात्मक रहेको समेत बताउनु भयो । मन्त्रालयको सचीव संग सल्लाह गरेर छिटै कार्यालय स्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिय ,

Facebook Comments