• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दार्मामा भूकम्प पीडितका ९ सय ५२ अस्थायी टहरा निर्माण




सल्यान । सल्यानको दार्मा गाउँपालिकामा भूकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले दार्मामा मात्रै एक हजार १७९ घरमा क्षति पुगेको थियो ।

विभिन्न संघ संस्था, राजनितीक दल तथा पिडित परिवार आफैले हाल सम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ ।

सम्बन्धीत घरपरिवार आफैले ६६६ अस्थायी टहरा निर्माण गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले २६२ र नेकपाले १७ वटा टहरा बनाईदिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै नेपाली सेनाले ४ वटा र एकिकृत समाजवादीले ३ वटा टहरा निर्माण गरेको पनि उहाँले जनाउनुभयो ।

हालसम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको पनि गाउँपालिकाले जनाएको छ । भुकम्पका कारण जिल्लाभरी एक हजार ७ सय बढी घर पूर्ण रुपमा क्षति भएका थिए ।

Facebook Comments