• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा




दाङ । लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि भोलि विहीबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

दाङको घाेराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रकाे व्यवस्था गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले बताए । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरि तीन सय ५ जना मतदाता रहेका छ्न ।

अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । गठवन्धनका तर्फबाट महिला काेटामा नेपाली काङ्ग्रेसकि विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसि र राप्रपाबाट विजयालक्ष्मि सिह र अन्य काेटामा गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गाेविन्द चाैधरिले प्रतिस्पर्धा गर्दैछन् ।

Facebook Comments