• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम




घोराही । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीका नयाँ शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो ।

आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसीपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीले अवलम्बन गरेको नयाँ शैक्षनिक विधिको बारेमा जानकारी दिने उद्देश्यसहित यो तालिमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

शिक्षक सक्रिय भएर पढाउने कार्यलाई परीवर्तन गरी अहिले शिक्षक सक्रिय भएर विद्यार्थीहरुलाई पनि सक्रिय बनाई पढाउनुपर्ने भएकोले गुरुकुल एकेडेमीले विद्यार्थीहरुलाई मात्र नभएर शिक्षकहरुलाई पनि नयाँ तरीकाबाट शिक्षण सिकाई क्रियाकलाप गर्न बिभिन्न कृयाकलाप तथा तालीमहरु प्रदान गर्ने गर्दछ । सो अनुरुप यो तालीमको आयोजना गरीएको हो । यहि माघ ४ गतेबाट सुरु भएको ताली १० गतेसम्म चल्ने छ । एक हप्ते तालीको आयोजना गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा गरीएको छ ।

तालिमको इन्टरनल प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी , सहायक प्रअ ज्ञानेन्द्र बुढा ,लमहीका सहायक प्रअ सुरज खनाल र गुरुकुल एकेडेमी घोराहीको मन्टेस्वरी संयोजक लोचना पौडेल रहनुभएको थियो भने मुख्य प्रशिक्षकको रुपमा सिआइटिई नामक संस्था काठ्मान्डौको प्रमुख सोनि पौडेल तामाङ र कल्पवृक्ष एजुकेशन फाउन्डेशनको प्रमुख प्रतिक्षा गौतम रहनुभएको थियो ।

दाङलाई शैक्षिक हव बनाउन तथा शिक्षण विधिमा नँयापन ल्याउन लागि परेको गुरुकुल एकेडेमीले २०७२ सालमा घोराहीमा विद्यालय संचालन गरेको थियो भने शैक्षिक सत्र २०८१ बाट तुलसीपुर र लमहीमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।

Facebook Comments