• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा




काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताउनुभएको छ ।

सोमबार विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवद्र्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने उल्लेख गर्नुभयो ।

विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिदै उहाँले अब यसबाट धेरै सुधार आउने बताउनुभयो ।

मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौ बजेट विनियोजन हुने गरे पनि विच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो । विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक वाकी बजेट सम्बन्धित मिडियामा जाने छ ।” यसमा कडाइ गर्न उहाँले बोर्डलाई निर्देशनसमेत दिनुभयो ।

अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको बताउँदै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहेको बताउनुभयो । “अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ । त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन् । त्यति विज्ञापनको बजेट सम्बन्धीत मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भई राखेको छ” मन्त्री शर्माले भन्नुभयो, “जसले गर्दा सम्बन्धीत मिडियाले ऐन बमोजिम सेवा सुविधा परेको कुरा तोकिएको पारिश्रमिक दिन नसक्दा श्रमजीवी पत्रकार मिडिया सञ्चालकबीच द्धन्द्ध भएको देखिरहेका छौं ।”

उहाँले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्ने बारेमा बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन् । अरु के कस्ता समस्या छन् भन्नेमा तपाइहरु भुक्तभोगी हुनुहुन्छ । विज्ञ साथीहरु आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने छ भन्ने विश्वास लिएको छु ।”

Facebook Comments