• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लेनिन शताब्दी स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम




दिनेश रैदास
दाङ । दाङको घोराहीमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति दाङको आयोजनमा सर्वहारा वर्गको महान नेता कम्युनिस्ट संगठन एवं वैज्ञानिक समाजवादका सर्जक कमरेड लेनिन शताब्दी स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लेनिन शताब्दी स्मृति दिवस अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले आज विश्वमा नै साम्राज्यबाद धेरै नै शक्तिशाली भएको छ र त्यो विश्वको लागि ठुलो खतरा भएर उभिएको छ। त्यसैले विश्व साम्राज्यवादका विरुद्ध संघर्ष गर्नुपर्ने ठुलो जिम्मेवारी पनि हाम्राे काँधमा आएको छ। त्यसका साथै नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कातिर सामन्तवादका विरुद्ध सङ्घर्षको ठुलो उत्तरदायित्व पनि हाम्रो अगाडी छ। त्यसको अर्थ हो अहिले पनि नेपालमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको अवस्थामा छ। हामी राजतन्त्रलाई समाप्त पार्नका लागि सफल भएका छौं। तर अहिले पनि राजावादी शक्तिहरूको राजतन्त्रको पुनर्स्थापन गर्ने अभियान जारी छ। त्यसकारण अहिले पनि प्रतिगमनको खतरा छ। त्यो अवस्थामा प्रतिगमनको विरुद्ध संघर्षमा लगातार जोड़ दिनुपर्ने गम्भीर राष्ट्रिय उत्तरदायित्व पनि हाम्रा अगाडि छ। ती एतिहासिक जिम्मेवारीहरू पुरा गर्ने कार्य एउता मार्क्सबादी, लेनिनवादी, कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ। लेनिनवादी सङ्गठन प्रणालीमा आधारित कम्युनिस्ट पार्टीले नैं जिम्मेवारी पूरा गर्न सक्छं। त्यसकारण त्यस प्रकारको पार्टीको निर्माण आजको हाम्राे केन्द्रीय वा प्रधान कार्य हुनु पर्दछ।

त्यसैगरी कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, क्रातिकारी कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य रामजी चौधरी, नेकपा विप्लपका रूद्र वहादुर ओली, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य, नेकपा एमाले दाङका सचिव मनाेज बुढाथोकी, नेकपा (एस) रामप्रसाद चौधरी, भुमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मी, प्रेस सेनानी पत्रकार सुशिल गौतम र प्रगतीशिल पत्रकार संघका रामप्रसाद जैसीले लगायतले मन्तब्य तथा टिकाटिप्पणी गर्नु भएकाे थियो।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति दाङको आयोजनमा भएको कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) जिल्ला समिति दाङका प्रवक्ता भरत भण्डारी रहनु भएको थियो भने सञ्चालन शुक्रराज भण्डारीले गर्नु भएको थियो।

Facebook Comments