• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा बस दुर्घटना दुई जनाको मृत्यु




प्रियास्मृती गजमेर
दाङ । बस दुर्घटना हुँदा देउखुरीमा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका (९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस के कारण दुर्घटना भयो भन्ने कुराको एकिन भैनसकेको प्रहरीको भनाई छ ।

Facebook Comments