दाङ । दाङमा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । शनिबार रुखबाट लडेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाकी एक महिलाको मृत्यु भएको हो ।
शनिबार बेलुका घर नजिकैको जंगलमा रुखवाट लडेर ६५ वर्षिया शितली कुसारीको मृत्यु भएको उहाँकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिए ।
बेलुका ७ बजेतिर स्याउला काट्न भनि जंगल गएकी शितली अवेरसम्म घर नआएपछि परिवार र छिमेकी जंगल खोज्न जादा घाइते अवस्थामा फेला पारेको थियो ।
उहाँको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगंज लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
