• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा श्रीमानद्वारा श्रीमतीलाई रड प्रहार गरी हत्या




दाङ । तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्।

मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई जानकारी दिए।

घटना शनिबार राति सवा १० बजेतिरको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी अधिकारीका अनुसार पण्डुले श्रीमतिको हत्यापछि श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । त्यसपछि पुगेका दुई छिमेकी माथिपनि चौधरीले रड प्रहार गरी घाइते तुल्याएका थिए ।

छिमेकी एक युवा र युवती उपचार पछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

 

 

Facebook Comments