• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जौबारीबाट ६० जना माओवादी केन्द्रमा प्रवेश, मास्कीद्वारा स्वागत




तुलसीपुर । दाङको बबई गाउँपालिका वडा नं.५ जौबारीबाट ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार सोही ठाउँमा भएको कार्यक्रमबा बिभिन्न पार्टी परित्याग गरि ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् । त्यस अवसरमा उनले पश्चिम दाङको विकास भएमा मात्रै दाङका विकास भएको मानिने बताए । पश्चिम गंगटे,जिल्ला, सिमलकुनाजस्ता ठाउँको विकास भएमा मात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै ति स्थानको विकासकालािग आफू लागेको बताए ।

उनले गंगटेमा प्रहरी चौकीकालागि बजेट परेको भन्दै केही समयमा त्यहाँ प्रहरी चौकी स्थापना भएमा सहज हुने बताए । त्यस्तै गंगटे पुग्ने सडक स्तरबृद्धिको समेत काम भइरहेको बताए ।

पश्चिम दाङका ९ वटा खोलामा पुलकालागि समेत बजेट हालेको उनको भनाई छ । त्यस अवसरमा पार्टीका पालिका अध्यक्ष एकलाल घर्ती, उपाध्यक्ष यज्ञ वली, कार्यालय सदस्य दीपक शाह, केवी खड्कालगायतको सहभागिता रहेको थियो ।

 

Facebook Comments