• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचनासहित)




काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो । योग्यता पुगेका नागरिकले कलेजकाे फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाइ कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।
Facebook Comments