• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माउन्ट भ्यू स्कूलको ४० औं वार्षिकोत्सव




घोराही । माउन्ट भ्यू इङ्लिस बोर्र्डिङ स्कूल घोराहीको ४० औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । स्कूल सञ्चालक समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्रा प्रष्टवी बुढाथोकीले परिवारले काठमाडौ जानुपर्छ भने पनि आफूले माउन्ट भ्यू रोजेको वताउनुभयो । ‘विद्यालयले पढाइलगायत अन्य अतिरिक्त क्रियाकलाप गराउँछ’– उहाँले भन्नुभयो– ‘त्यही भएर म यहाँ उभिएर बोल्न सकें ।’ उहाँले जस्तै करिष्मा खनाल र अतिसा पोख्रेलले कविता वाचन गर्नुभयो । वाद्यवादन आफै बजाएर विद्यार्थीले गीत गाएका थिए । म्युजिकमा नाचिएका नृत्यहरुमा पनि अभियनय कला भिन्नै देखाए ।

संस्थागत तथा सरकारी विद्यालयसँग मित्रवत सम्बन्ध कायम गर्दै शैक्षिक गुणस्तरको पैरवी गरिरहेको अध्यक्ष लम्सालले बताउनुभयो । उहाँले नेपाल सरकार चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षा तथा बिएससी एजीको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्ति प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

एमबिबिएसतर्फ यसवर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल श्रीधर भुसाल, आयुष अधिकारी, अमिसा पुन र अनिष खनाललाई सम्मान गरिएको थियो । त्यसैगरी विएससिएजी तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल समीक्षा केसी, सोनिका आचार्य र स्नेहा गौतमलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयमा कक्षागत उत्कृष्ट अंक ल्याउनेहरु, विभिन्न खेलका विजेता, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

करिब दुईहजार दुई सय विद्यार्थी अध्यनरत विद्यालयमा छात्रछात्राहरुको सर्बाङ्गिण विकासमा जोड दिइएको स्कूलका प्रबन्ध निर्देशक अरुणकुमार शर्माले बताउनुभयो । सो अवसरमा विद्यालयको स्मारिका नवप्रभात सार्वजनिक गरिएको थियो । स्मारिकामा विद्यार्थीले लिएका अन्तर्वार्ता, कविता कथा, लेख गाउँखाने कथा, गजल, चित्रहरु समावेश छन् ।

कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार सविन प्रियासन, अभिभावक कुमानन्द भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । स्कुलका प्रिन्सिपल कृष्णप्रसाद पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक कृष्णप्रसाद पन्थीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

Facebook Comments