• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ।

पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ ।

पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् ।

गाउँ कार्यपालिकाकाे निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ ।

यसैबिच साे पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएकाे छ ।

Facebook Comments