दाङ । बंगलाचुली गाउँपालिका वडा नम्बर ६ स्थित श्री डाँफे आधारभूत विद्यालय खमारी चिउरीडाँडामा आफ्नो दिवङ्गत पिता माताको स्मृतिमा रु एकाउन्न हजार एकसय पन्ध्र रुपियाँको अक्ष्यकोष स्थापना गरेका छनर
भारतीय सेनाबाट अवकाश लिए पछि आफ्नै जन्मभूमिमा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका बंगलाचुली गाउँपालिका वडा नम्बर ६ आरुगैरा निवासी दिनाराम घर्ती र उहाँको धर्म पत्नी बिष्णी घर्तीले स्वर्गिय पिता प्यारु घर्ती र पिता भिमा घर्तीको सम्झनामा आफ्नै गाउँ ठाउँमा सञ्चालित श्री डाँफे आधारभूत विद्यालय खमारी चिउरीडाँडामा प्यारु भिमा स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यालय व्यवस्थापना समितिका अध्यक्ष भुप बहादुर खत्री र विद्यालयका प्रधानाध्यापक सुरज बहादुर घर्ती क्षेत्रीलाई हस्तारण गरेका थिए । अक्षयकोष स्थापना गरेकोमा अध्यक्ष र प्रधानाध्यापकले खुसि समेत व्यक्त गरेका थिए ।
केही हद सम्म राहत दिनेछ भन्नि हरेक वर्ष गरिब तथा अतिविपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षकोष स्थापना गरिएको अक्षदाता दिनाराम घर्तीले बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

