• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो -२०८० माघ १२ गतेदेखि




घोराही  । दाङ चेम्बर अफ कमर्शले  घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ १२ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

चेम्वरले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस अगाडीको निर्धारित समय विविध कारणले सार्नुपरेको जानकारी दिएको छ । यस अगाडी माघ २५ गतेदेखि एक्सपो हुने भनिएको थियो ।

चेम्बरका अध्यक्ष विकास अग्रवालले पहिलेको मिति भन्दा १३ दिन अगाडी नै एक्सपो लगाउन लागिएको र यसका लागि तयारी व्यापक बनाइएको बताउनुभयो । चेम्बरका निवर्तमान अध्यक्ष बलदेव योगीले रातदिन नभनेर एक्सपोलाई सफल बनाउन चेम्बर लाग्ने र सबैले साथ सहयोग गर्नेमा आफूहरु विश्वस्त गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने जानकारी गराइएको थियो ।

सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको थियो ।

Facebook Comments