• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मानव सेवा आश्रममा फलफूल वितरण




दाङ । सहायता केन्द्र नेपाल तुलसीपुर दाङले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरि मानव सेवा आश्रममा फलफूल वितरण
गरी आफ्नो प्रथम वार्षिक उत्सव मनाएको हो।

पछिल्लो समय विभिन्न सामाजिक कार्यमा सकृय रहेको संस्थाले विभिन्न दिवसहरु पनि मनाउदै आएको र राप्ती प्रादेशिक अस्पतालमा सहायता कक्ष निर्माण गरि स्वयंसेवक सेवा समेत संचालनमा ल्याएको संस्थाले जनाएको छ ।

संस्थाकी कार्यवाहक अध्यक्ष अस्मिता नेपालीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी कोषाध्यक्ष दुबिसरा वलीले स्वागत मन्तव्य व्यक्त गर्दै वार्षिकोत्सबमा केक सौजन्य गर्नुभएका गणेश पाउरोटी उद्योग र रानी केक लाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी सचीव मुना बिकले गर्नुभएको थियो।

Facebook Comments