तुलसीपुर । अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस तुलसीपुरमा संगठन बिस्तार एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले प्लसटु तर्फ अध्ययनरत विद्यार्थी बिकास ओलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ। जसको उपाध्यक्षमा पुजा बोहरा, कल्पना खत्री र शर्मिला चौधरी, सचिबमा मन्जु घर्ती, सह-सचिबमा आशल बिष्ट र कोषाध्यक्षमा अनमिका बोहरा लगायत चयन भएका छन् ।
अखिल (क्रान्तिकारी) तुलसीपुर नगर संयोजक बोधराज बिश्वकर्माको अध्यक्षता एवं संगठनका क्षेत्र नं. ३ का संयोजक अमर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सदस्य भुपेश खत्रीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
