दाङ । घोराहीमा जारी छैठौं संस्करणको मेयर कप फुटबलको तेश्रो दिन आज भएको खेलमा वडा नम्बर ६, १७ विजयी भएका छन् भने वडा नम्बर ५ र १६ ले बराबरी खेलेका छन् । घोराही १८ नवलपुर फुटबल मैदानमा आज वडा नम्बर ६ र ९ बिचको खेलमा वडा नम्बर ६ ले ३–० गोलले जित निकालेको छ । ६ वडाका रुपेश घर्तीले २ गोल गर्नुभयो भने सुरेन्द्र भण्डारी १ गोल गर्नुभयो ।
दिउँसो भएको अर्काे खेलमा वडा नम्बर १७ ले वडा नम्बर १९ लाई २–० गोलले हराएको छ । वडा नम्बर १७ का हेमन्त बिक र युवराज राना मगरले १–१ गोल गर्नुभयो ।
लिग चरणकै अर्को खेलमा वडा नम्बर ५ र वडा नम्बर १६ ले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफ गोलरहित भएको खेलमा दोश्रो हाफमा दुवै टीमले २–२ गोल गरे । २–० ले पछि परेको वडा नम्बर ५ ले पुनरागमन गर्दै लगातार दुई गोल गरेपछि खेल बराबरीमा सकिएको हो । वडा नम्बर १६ का जलन चौधरी र कमल डाँगीले गोल गर्दा वडा नम्बर ५ का सुजन बिकले २ गोल गर्दै टीमलाई हारबाट जोगाउनुभयो । भोलिपनि लिग चरणका ३ खेल हुनेछ । पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।