• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मन्त्रालयको काम बाहेक अरु समय जनताकै घरदैलोमा हुनेछुः मन्त्री मास्की




तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मन्त्रालयको काम बाहेक अन्य समय जनताकै घरदैलोमा हुने बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर ९ कमिटिको आयोजनामा भएको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले आफूलाई जनताले नै जिताएर मन्त्री भएको भन्दै जनताका हरेक समस्यामा एकाकार गर्ने बताए ।

‘म जनताकै मतले जितेर मन्त्री भएको हुँ, जनताले म बाट धेरै अपेक्षा गरेका छन्’,उनले भने‘म त्यो अपेक्षा पूरा गर्न मन्त्रालयको काम बाहेक अन्य समय जनताकै घरदैलोमा हुनेछु ।’ हरेक जनप्रतिनिधि जनताको घरमा नजाने गरेको गुनासो जनताले गर्ने गरेको भन्दै त्यो गलत भएको बताए । उनले जनताकै लागि राजनीति गर्नुपर्ने समेत बताए ।
साथै उनले पश्चिम दाङको केन्द्र तुलसीपुर बनाउने आफ्नो योजना रहेको बताए । टरिगाउँ एयरपोर्ट नागरिक उड्डयन प्राधिकरण मातहत रहेकाले चालु बर्षमा प्रदेशबाट बजेट हाल्न नमिल्ने अबस्था रहेको भएपनि आगामी बर्ष प्रदेशले पनि अपनत्व लिने गरि काम गर्ने गरि वातावरण तयार गर्ने बताए ।

त्यस्तै तुलसीपुर स्थित ग्वारखोला हाइड्याम्प निर्माण गर्न चालु बर्षमा बजेट बिनियोजन गरेको बताए । त्यसलाई पूरा गर्न आगामी बर्षहरुमा पनि बजेट बिनियोजन गर्ने उनको भनाई छ । उक्त हाइड्याम्प निर्माण भएमा खानेपानीसंगै सिंचाई, पर्यटन, वातावरणीय हिसाबले उत्तम हुने बताए ।

त्यस्तै उनले दाङको भूमिपूत्र थारुहरु भएकाले उनीहरुको जीवनस्तर सुधारकालागि आफूले ध्यान दिएको बताएका छन् । थारु राजा दंगीशरणले राज गरेको स्थानमा पर्यटनको केन्द्र बनाउन सकिने भन्दै सोही स्थानमा आफूले बजेट बिनियोजन गरेको समेत मन्त्री मास्कीको भनाई छ । त्यस्तै प्रदेशकै गौरवको रुपमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय सैया बनाउनकालागि ओएमएन सर्वेको काम भइरहेको भन्दै उक्त अस्पताललाई प्रभाबकारी सेवा दिने अस्पतालका रुपमा विकास गर्ने बताए ।

त्यस अवसरमा पार्टीका प्रदेश कमिटि सदस्य तथा तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, सीता वली, तुलसीपुर उपमहानगर उपाध्यक्ष यज्ञबहादुर केसी, सचिब तुलाराम भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । वडा कमिटि अध्यक्ष मदन हमालको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा ११३ जनाले बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Facebook Comments