कमल खड्का
होलेरी । रुन्टीगढी गाउँपालिकाको प्रमुख बजारको रुपमा परिचित होलेरी बजारको बिहिबार छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाद्वारा अनुगमन गरिएको हो । होलेरी बजारमा रहेका दुग्ध जन्य पदार्थ पाइने डेरी उद्योग, मासु पसल तथा एग्रोभेट लगायतमा छड्के गरिएको हो ।
अनुगमनमा फोहोर भाडोमा राखिएको ३ लिटर दही, खान अयोग्य ९ किलो कुहिएको मासु, बाहिर खुल्ला ठाउँमा राखिएको २ किलो माछा तथा ४ किलो मासु र रौउनै नफालेको बेच्न राखेको कुखुराको टाउका तथा खुट्टा २ किलो जफत गरि प्रहरी तथा प्रशासन र स्थानीय व्यबसायीहरुसँग मुचुल्का उठाइ नष्ट गरिएको छ ।
अनुगमन गरिका दुग्ध तथा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको पाइएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएको पसलहरुका सञ्चालकहरुलाइ गाउँपालिकाको सभाहलमा राखेर अभिमुखिकरण पनि दिएको छ । अभिमुखिका क्रममा भेटेरिनरी तथा पसु विज्ञ डा. शंकर न्यौपानेले मापदण्डका बिषयमा,मापदण्ड पुरा नगरे हुने असर तथा मापदण्ड पुुरा नभए कानुनी रुपमा पर्ने अपठेराका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो । उक्त बिषयमा स्पष्ट पारे पछि खुल्ला सत्र सुरु भएको थियो ।
खुल्ला सत्रमा व्यबसायीहरुले आफ्ना समस्याहरु राखेका थिए । प्राय व्यबसायीहरुले आफ्ना व्यबसाय ब्यक्तिगत जग्गामा सञ्चालन नगरेको र विद्यालयको जग्गामा गरेको हुँदा कति खेर हटाइ दिने हो भन्ने डरले मापदण्ड पुरा नगरेको कुरा राखेका थिए ।
खुल्ला सत्रमा उठेका गुनासाको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कुनैपनि अैलानी प्रतिअैलानी मन्दिर तथा विद्यालयको सार्वजनिक जग्गामा बिनाअनुमति व्यबसाय सञ्चालन गर्नु कानुन बिपरितको काम भएको उल्लेख गर्नुभयो । उहाँले यदि बिनाअनुमति तथा सम्झौता बेगर सार्वजनिक जग्गामा व्यबसाय सञ्चालन गरी मापदण्ड पु¥याउन सकिन्न भने ती घर टहराहरु जति बेला पनि हटन सक्ने हुँदा अन्य ठाउँमा व्यबसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “अहिलेनै हामी मापदण्ड विपरित भएका पसलहरुलाई कानुन बमोजिमको कारबाही गर्ने थियौ तर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षले आफ्ना गाउँपालिकामा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई एक पटक सचिने मौका दिन अनुरोध गरेपछि एक पटक सचिने मौका दिएका छौं ।´´
प्रजिअ घिमिरेले खरिद बिल बिना माछा मासु तथा सामान खरिद गरिएको पाइएमा बिक्री गर्न लिएको बिक्रेताको सामानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको दायरामा समेत इप्रका होलेरीलाइ निर्देशन दिनुभएको छ । साथै कोही कसैले लुकी छिपी खरिद बिल बिना माछा मासु बिक्री गरिरहेको भए १०० मा फोन गरेर गोप्य सुचाना दिन समेत उहाँको भनाइ थियो । त्यसैगरी मापदण्ड पुरा नगरेर आउने व्यवसायीलाई दर्ता अनुमति नदिन पनि गाउँपालिका अध्यक्षलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै अभिमुखि कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले अैलानी प्रतिअैलानी मन्दिर तथा विद्यालयको जग्गामा बनेका घर तहराहरु व्यबस्थापन गर्ने मापदण्ड गाउँपालिकामा बनेको हुँदा भुमि ओयोगसँग सहकार्य गरेर व्यबस्थापन गर्ने क्रममा टहराहरु हट्ने संभावना भएको हुँदा अन्त्र ठाउँ मापदण्ड पु¥याएर व्यबसाय गर्न समेत निर्देशन दिनुभयो । पहिले टहरा बनाउने ब्यक्तिले विद्यालयसँग सम्झौता गरेपनि उक्त ब्यक्तिले टहरा दोस्रो तेस्रो ब्यक्तिलाई बेचेको हुँदा पनि समस्या भएको बताउनुभयो । जे जस्तो समस्या भएपनि टहरा व्यबस्थापन हुने हुँदा मापदण्ड पुरा गरेर अन्य स्थानमा व्यबसाय सुरु गर्न अध्यक्ष पुनले आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष जनक पुन अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,अतिथीहरुमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नाएब उपरिक्षक श्याम सारु मगर, प्रमुख अनुसन्धान अधिकृत रोल्पाका कुशल थापा , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगी, भेटेरिनरी तथा पशु विज्ञ केन्द्रका अधिकृत डा. शंकर न्यौपाने इप्रका होलेरीका प्रहरी निरिक्ष देवी प्रसाद गैरेको उपथितिमा भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

