दाङ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो ।
छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसिले वताए । उनले छातीमा गोली लागेको घाउ रहेकाले पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको एसपी केसिले जानकारी दिए ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
उनीहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको र सोही कुरालाई बाहना बनाएर सुरूङमा लगेर हत्या गरेको जस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए ।
पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको दाबी गरेपनि यो घटनामा क–कसको संलग्नता छ भन्ने गहिरो अनुसन्धान भइरहेको एसपी केसीको भनाइ छ ।
शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको प्रहरी अनुसन्धानबाट खुलेको अनुसन्धानमा सलग्न एक जना प्रहरी अधिकारीले बताए ।
घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।
उनको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो। स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

