दाङ । दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने भएको छ । चेम्बरले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशस्तरीय एक्स्पो बारेमा जानकारी दिएको हो ।
आगामी माघ २५ गतेदेखि फागुनको ९ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौंरामा प्रदेशस्तरीय एक्स्पो संचालन गर्न थालिएको दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले जानकारी दिएका छन् ।
पछिल्लो समय आर्थिक गतिविधि चलायमान बनउँदै स्थानीय रुपमा उत्पादित कृषि,जडिबुटीलगायतका सामग्रीको बजारीकरणका लागि प्रदेशस्तरीय एक्स्पोको आयोजना गर्न थालिएको जानकारी दिएका हुन्। उनले एक्स्पोमा ५० बढी स्टलहरु जिल्लाको कृषि,जडिबढीलगायत स्थानीय उत्पादनको बजारीकरणका लागि निशुल्क रुपमा प्रदान गरिने जानकारी दिएका हुन् ।
एक्स्पोबाट संकलित रकमले चेम्बरको आफ्नै भवन निर्माणमा लगाउने योजना समेत रहेको उनले बताएका छन् ।
एक्स्पोमा जिल्लास्थित उद्योगी, व्यवसायीहरुलाई विशेष प्राथमिकता दिएर स्टलमा पनि विशेष छुट गरिएको उनको भनाई थियो । एक्स्पो संचालन गर्ने विषयम निर्णय भएको बताउँदै अब विभिन्न विषयगत समिति गठन गरी कार्यविभाजन गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
